दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिशुनपुर्वाको प्राङ्गणमा माँ सरस्वती सामुदायिक सिकाई केन्द्रको ५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सिकाई केन्द्रका अध्यक्ष दिनेश जयसवालको अध्यक्षतामा भएको सो साधरण सभामा बारागढी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायले उद्धाटन गर्नुभएको थियो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन सो संसथाको अध्यक्ष दिनेश जयसवालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष जोगिन्द्र साह कलवार, कार्यपालिका सदस्य रेणुदेबी जयसवाल, ज्ञानगंगा सामुदायिक सिकाइ केन्द्र गडहलका अध्यक्ष प्रर्मेन्द्रकुमार फौजदार, श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय मलाहीका प्रधानध्यापक डम्बरबहादुर सिंह, स्थानीय समाजसेवी ज्वाला साहलगायतले सो सिकाइ केन्द्रको बारेमा आआफ्नो मन्तव्य राख्नुभएको थियो ।साधारण सभामा जनविकास सामुदायिक सिकाइ केन्द्र सुखी पथराका अध्यक्ष भिष्मपितामा प्रसाद साह, वडा सदस्य मनोज सहनी, समाजसेवी दयाशंकर राय, बिशुनदयाल सहनीलगायत जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधि, तथा संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।साधारण सभामा स्वागत मन्तव्य सुमनकुमारी जयसवालले गर्नुभएको थियो भने कार्यक्रमको संहजीकरण स्थानीय मुकेश जयसवालले गर्नुभएको थियो ।

Leave a Reply