कलैया,बारामा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा बुधवार राति एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतो रहेका छन् ।प्रहरीका अनुसार ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन चोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसिटी बयोधा अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिने तयारी भइरहेको छ ।दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।