कृपा संवाददाता
हेटौंडा – मकवानपुरका एक जनामा पनि कोरोना संक्रमण देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपीएका २७ जना मध्यमा मकवानपुरमा पनि एक जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

 

 

 

मकवानपुर घर मात्र रहेको वा यही वसोबास गर्ने भन्नेकुरा मन्त्रालयलय खुलाएको छैन । मकवानपुर जिल्लाको पनि कुन स्थानीय तहको कुन वडामा भन्ने खुलाइएको छैन । तर मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मकवानपुर जिल्लामा पनि एक जनामा कोरोना संक्रमण भएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

 

 

 

कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।

 

 

 

 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।

 

 

 

 

 

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ | 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here