वीरगञ्ज,वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोल्ने आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी स्रोतकाअनुसार पक्राउ परेकामध्ये दुई जना हिन्दु र दुई जना मुस्लिम समुदायका रहेका छन्।
पक्राउ परेका हिन्दु युवाहरूको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दु युवा नेताहरूलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर गरेको छ।झडपपछि धर्नामा बसेका युवा नेताहरू प्रहरी कार्यालय अगाडि सडकमा तितरबितर भएका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।
भ्रामक सूचना नफैलाउने आग्रह
जिल्ला प्रशासनकार्यालय पर्साले सामाजिक सञ्जालमार्फत समाजमा द्वेष र उत्तेजना फैलाउने भ्रामक सूचना पोस्ट, शेयर, लाइक वा कमेन्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।प्रशासनले पछिल्लो समयमा वीरगञ्जसँग असम्बन्धित र समाजमा तनाव सिर्जना हुने सामग्री सार्वजनिक भइरहेको भन्दै त्यस्तो कार्य प्रचलित कानुनअनुसार दण्डनीय हुने चेतावनी दिएको हो।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो सामग्रीहरू तत्काल हटाउन आग्रह गर्दै, कानुनी कारबाहीमा पर्न सक्ने स्पष्ट सूचना दिनुभएको छ ।


















