काठमाण्डौं,कवाडी व्यवसायीहरूले बुधवार पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन् । उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीको टहरामा डोजर चलाएपछि उनीहरू फेरि प्रदर्शनमा उत्रिएका हुन् ।कवाडी व्यवसायीहरूले केही दिनदेखि महानगरको निर्णयविरुद्ध विरोध प्रदर्शन गर्दै आएका छन् । मंगलवार कवाडी व्यवसायीहरू कमलादीस्थित महानगरको कार्यालय घेर्न पुगेका थिए । सोही क्रममा नेपाल प्रहरीले उनीहरूमाथि लाठी चार्ज पनि गरेको थियो ।बुधवार उनीहरूले महानगरविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरमा भेला भई बानेश्वरसम्म ¥याली गर्दै प्रदर्शन गरेका छन् ।

Leave a Reply