वीरगञ्ज,यस वर्षको स्व.गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ ।नेपाल पत्रकार महासंघ पर्साको आइतवार बसेको बैठकले कान्तिपुर टेलिभिजनमा आवद्ध पत्रकार श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको बैठकले आउने माघ १ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघका सचिव विजय महतोले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ पर्साले हरेक वर्ष माघ १ गते स्व.गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
महासंघका पूर्व अध्यक्ष एवम् वीरगञ्जका पूर्वमेयरसमेत रहेका गोपाल गिरीको स्मृतिका अवसरमा हरेक वर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । यस वर्ष यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।श्रेष्ठ फोटो पत्रकार संघ मधेस प्रदेशका अध्यक्ष पनि हुन्ुहुन्छ । उहाँ दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय हुनुहुन्छ ।
यसका साथै आइतवारको बैठकले नेपाल बार एशोसिएशनसँग सम्झौता गर्ने पनि निर्णय गरेको सचिव महतोले जानकारी दिनुभयो । उहाँकाअनुसार पत्रकारहरुलाई समाचार लेखेकै कारण आइपर्ने समस्याहरुका बारेमा कानुनी सहायता र परामर्शका लागि बारसँग सम्झौता गर्ने निर्णय भएको हो ।