नरेश गुप्ता
बरियारपुर – बारामा पानी परेसंगै चैते धानको रोपाई शुरु गरिएको छ । यस बर्ष पनि बाराको विभिन्न ठाउँहरुमा चैते धान खेती गर्ने कृषकहरुको रुचि बढेको छन् । गहु बाली भित्रीयाईसके पछि चैते धानको खेतीको लागि खेत खनजोत गरि रोपाई शुरु गरिएको छ । चैते धानले उत्पादन बढी दिने कम समयमा नै धान पाक्ने भएपछी चैते धान खेती तर्फ कृषकहरुको रुचि बढ्दै गएको कृषि ज्ञान केन्द्र बाराको प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
चैते धान रोपाईको बेला युरिया, डिएपि मलखादको परिपुर्ति सजिलै कृषकहरुलाई भएपछि चैते धानको रोपाई समयमै गरिएको कृषकहरु बताउछन् । चैते धानको जात १४४२ , ४ , ६ र ९ सिफारिस गरिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । बारामा गत बर्ष ४० हजार मैट्रीक टन चैते धान उत्पादन भएको थियो । यस बर्ष पनि चैते धान बाराको कोल्हबी नगरपालिका , आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका, देवताल गाउँपालिका , कलैया उपमहानगरपालिका , सिम्रौनगढ नगरपालिका , सुवर्ण गाउँपालिका लगायतको स्थानीय तहमा चैते धानको खेती गरिएको छन् ।