धिरेन्द्र तिवारी
कलैया,एक्कासी बढेको चिसोका कारण बाराका विभिन्न पालिकाका विपन्न परिवारमा सर्वसाधारणको जनजीवन कष्टकर बनेकोछ ।बारा जिल्लासहित मधेस प्रदेशका जिल्लाहरुमा शनिवारबाट एक्कासी ठण्डी र शितलहर बढेको हो ।शितलहरका कारण बिहानदेखि घाम लागेको छैन भने सडकमा सर्वसाधारणको चहल पहल पनि न्यून देखिएको छ ।जिल्लाको कलैया, जीतपुसिमरा उपमहानगरपालिका, निजगढ, महागढिमाई, सिम्रौनगढ, कोहल्बी, पचरौता नगरपालिका तथा सुवर्ण, देवताल, आदर्शकोतवाल, करैयामाई, पारवानिपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपलिकाका दलित बिपन्न एवंम गरिब समुदायका सर्वसाधारणहरुको जनजीवन चिसोका कारण प्राभावित हुनथालेको हो ।महागढिमाई नगरपालिका वडा नम्बर दुई ईनार्वाटोलमा करिब ९० घरधुरी रहेको मुसहर बस्तीका बसिन्दाहरु चिसोका कारण प्रभावित भएको स्थानीय अन्त माझीले जानकारी गराउनुभएको छ । पौष १३ गते शुक्रवारदेखि हवासहित बढेको चिसोका कारण आफूहरुको जनजीवन कष्टकर बनेको माझीले बताउनुभयो । माझीका अनुसार बस्तिका अधिकांश बासिन्दाहरु दिउसो अर्काको खेतबारीमा कमाउन जाने र त्यसैको ज्यालाबाट बेलुकाको छाक टार्ने गरेका छन ।बस्तीका अधिकांश परिवारमा न्यानो कपडाको अभावका कारण बालबच्चा, वृद्धवृद्धा र महिलाहरु चिसोबाट प्रभावित बनेको उहाँले बताउनुभयो । माझीले आफूहरुले बेहोर्दैआएको समस्यामा स्थानीय जनप्रतिनिधिहरु चासो नदेखाएको गुनासो गर्नुभएको छ ।

















