जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको लागि सबै पक्षबाट सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ । मुलधार महिला सेवा केन्द्र उदयपुरले आज जनकपुरमा आयोजना गरेको दोस्रो राष्ट्रिय बेटी सम्मेलनको उद्घाटन गर्नुृ हुँदै मुख्यमन्त्री राउतले समाजमा पछाडी परेका महिलाहरुलाई मुल धारमा ल्याउन सबै पक्षलाई आ –आफनो तह बाट सहयोग गर्नु पर्ने उल्लेख गर्नु भयो ।
उहाँले महिलाहरुको सशक्तिकरणको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु हुँदै प्रदेश सरकारले ल्याएका योजनाहरु बाट केही वर्ष भित्रै प्रदेश २का महिलाहरु सशक्त रुपमा अगाडी आउने दावी समेत गर्नु भयो । मुलधार महिला सेवा केन्द्रका अध्यक्ष नजबुल खातुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देश भरि बाटै प्रतिनिधिमुलक महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा एसिड पिडित मुस्कान खातुन लगायतलाई सम्मान समेत गरिएको थियो ।