आर.के.चौधरी
सखुवाप्रर्सौनी,पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवन सोमवार शिलान्यास गरिएको छ ।गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षता र परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख अतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । सो प्रशसकीय भवनको लागि गाउँपालिका वडा नम्बर ४ दक्षिण सुगौली टोल निवासी समाजसेवी मनोज चौधरीले ३ कठ्डा १२ धुर जग्गा दान गर्नुभएको थियो ।उक्त कार्यक्रममा विशिष्ट अतिथि पर्सा जिल्ला क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा १ का वडा अध्यक्ष फरमान मिया, वडा २ अध्यक्ष बिजय गैरे, वडा ३ का अध्यक्ष माधव राउत थारु, वडा ४ का अध्यक्ष वडा ५ अध्यक्ष विपिन मुखिया, ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरी, सञ्चारकर्मी, कार्यपालिका सदस्य, वडा सदस्य, बुद्धिजीवी, समाजसेवी, कार्यालयका कर्मचारीहरुलगायतहरुको उपस्थिति रहेको थियो ।परराष्ट्रमन्त्री साउदलाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले दुधेशवरनाथ भाथा धामको फोटो मायाको चिनो उपहार प्रदान गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले पनि परराष्ट्रमन्त्री साउदलाई प्रमाणपत्र प्रदान गरि समान गर्नुभएको थियो ।प्रशासकीय भवनको लागि जग्गा दान गर्नुहुने दाता मनोज चौधरी र उहाँको धर्मपत्नीलाई परराष्ट्रमन्त्री साउदले समान पत्र प्रदान गर्नुभएको थियो ।