सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालयले वडाभित्र रहेका वृद्धवृद्धालाई ब्लाङ्केट वितरण गरेको छ । वडामा रहेका ६८ वर्षभन्दा माथिका एक सय ५७ जना वृद्धवृद्धालाई ब्लाङ्केट वितरण गरिएको हो ।
जीतपुरसिमरा २१ का वडा अध्यक्ष सुवास श्रेष्ठले एक कार्यक्रमकाबीच ब्लाङ्केट वितरण गर्नुभएको थियो । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत चिसोबाट बच्नका लागि वृद्धवृद्धालाई ब्लाङ्केट वितरण गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
ब्लाङ्केट वितरण कार्यक्रममा वडा सदस्य बद्रीनारायण साह, जमुना गौतम, सितादेवी विक, वडासचिव जीवन थापालगायत उपस्थित थिए ।