गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा रहेको श्रीगढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको १०औँ साधारणसभा आइतवार सम्पन्न भएको छ ।समितिका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको समापन कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
साधारण सभामा समितिका कोषाध्यक्ष महेश जयसवालले आर्थिक वर्ष ०८० -०८१ को लागि आय व्यय विवरण पेस गर्नुभएको थियो । महागढीमाई नगर पालिका वडा नम्बर २ का वडा अध्यक्ष बिश्वनाथप्रसाद कुशवाहालगायत समितिका आजिवन सदस्यहरु, मंदिर संञ्चालन तथा विकास समितिका पदाधिकारीहरुले मन्दिरको विकास र थप प्रगतिको शुभकामनासहितको मन्तव्य राखेका थिए ।

Leave a Reply