आरके चौधरी
सखुवाप्रसौनी,अमर क्षेत्री फाउन्डेशनले मुसहर समुदायका बालबालिका र वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित कौवावन र कटैया गाउँका मुसहर समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको हो । अमर क्षेत्री फाउन्डेशन अमेरिकाको आर्थिक सहयोग र पिसफोर दलितस् फाउन्डेसन नेपालको सहजीकरणमा सम्पन्न यस कार्यक्रममा वृद्धवृद्धा, महिला, पुरुष, र बालबालिका गरी २२० जनालाई न्यानो कपडा प्रदान गरिएको हो ।

कार्यक्रम अन्तर्गत १०० जना वृद्धवृद्धा, महिला र पुरुषलाई ब्ल्याङ्गकेट र न्यानो कपडा तथा १२० जना बालबालिकालाई ज्याकेट, टोपी, टाउजर, र स्वीटर वितरण गरिएको थियो । अमर क्षेत्री फाउन्डेशनका अध्यक्ष तथा समाजसेवी अमर क्षेत्रीले कार्यक्रमका लागि २ लाख ६६ हजार रुपैयाँ नगद सहयोग पनि गर्नुभएको थियो ।तराई मधेसका जिल्लामा चिसो मौसमले विशेष गरी दलित समुदाय र मुसहर जातिका बालबाबिालका र वृद्धालाई धेरै प्रभावित पार्ने गरेको छ । कमजोर आर्थिक अवस्था, असुरक्षित खरको घर र न्यानो कपडाको अभावले गर्दा मुसहर समुदायको दैनिकी झनै कष्टकर हुने पाइएकोले फाउन्डेसनले सहयोगको पहल गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता दलित दवाब समूहका अध्यक्ष ज्यालाल रामले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादव रहनुभएको थियो भने पिसफोर दलितस् फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अन्य विशिष्ट अतिथि र स्थानीय समुदायका व्यक्तिहरूको पनि उपस्थिति थियो ।फाउन्डेशनले विगतका वर्षदेखि दलित समुदायको घर निर्माण, बिरामीको उपचार, खाद्यान्न र कपडा वितरण जस्ता मानवीय सहययोगका कार्यक्रम संचालन गर्दैआएको छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष क्षेत्रीले जबसम्म श्वास रहन्छ, तबसम्म गरीब, असहाय, दलित, र विपन्न समुदायको गाँस, बास र कपासको व्यवस्था गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।न्यानो कपडापछि मुसहर समुदायका विपन्नहरुलाई जाडोबाट जोगिन राहत पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply