वीरगञ्ज,वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको अभाव देखिएको छ ।
घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ ।

अहिले कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेको खानेपानी संस्थान शाखा कार्यालयका वितरण प्रमुख सञ्जीवकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षदेखि वीरगञ्ज बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेका हुन ।वितरण प्रमुख यादवले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै दुई हजार चार सयभन्दा धेरै नयाँ धारा जडान भएको जानकारी दिनुभयो । वडा कार्यालयको सिफारिसमा संस्थानले छ हजार तीन सय ७० रुपैयाँ लिएर नयाँ धारा जडान कार्य अघि बढाउँदै आइरहेको छ ।

Leave a Reply