दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ मा रहेको जनचेतना सामुदायिक सिकाइ केन्द्रको पाँचौ वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।श्री रामकवीर अधारभूत विद्यालय खोपवामा भएको सो साधारण सभा संस्थाका अध्यक्ष बिन्देश्वरप्रसाद चौधरीको अध्यक्षता र बारागढी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभाको उपाध्यक्ष रायले रिबन काटेर उद्धाटन गर्नुभएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्ववडा अध्यक्ष छठु राउत अहिर, बारागढी गाँउपालिकाकी शिक्षा शाखा प्रमुख जलमती चौधरी, समाजसेवी लिलाराज चौधरी, विद्यालयका प्रधानध्यापक पुष्पा चौधरी, संञ्चारकर्मी दिपेन्द्र जयसवाल, ज्ञानगंगा सामुदायिक सिकाइ केन्द्र गडहलका, अध्यक्ष प्रमेन्द्रकुमार फौजदार, बारागढी सामुदायिक सिकाइ केन्द्र चरवन्तपथराका, अध्यक्ष मुरारी चौधरी, माँ सरस्वती सिकाइ केन्द्र बिशुनपुर्वाका अध्यक्ष दिनेश जयसवाललगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा शिक्षक जयराम मण्डल, अमृता कुमारी मण्डल, बिरेन्द्र राम लगायत वक्ताहरुले सामदायिक सिकाइ केन्द्रको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा समाजिक परिचालिका कविता चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन बिकरान्त चौधरीले गर्नुभएको थियो ।

Leave a Reply