काठमाण्डौ – त्रिभुवन आर्मी क्लबले भारतको ‘डुरान्ड कप’ मा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ ।बुधवार आसामको साई मैदानमा भएको खेलमा आर्मीले दिल्लीसँग १–१ गोलको बराबरी खेल्यो । खेलको ३९ औँ मिनेटमा दिनेश हेन्जनको गोलबाट आर्मीले अग्रता लिएको थियो । तर ८८ औँ मिनेटमा दिल्लीका गिरिक घोस्लाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । यो बराबरीसँगै आर्मीले दिल्लीसँग अङ्क बाँडेको छ ।अब आर्मीले दोस्रो खेलमा आउँदो सोमवार चेन्नईयनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा आर्मीले अगस्ट २२ मा हैदराबादसँग खेल्नेछ । हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।


















