आरके राजन

सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाको सीमा क्षेत्रमा पर्ने भारतको घोडासहन तरकारी बजारमा आगलागी हुँदा १ दर्जनभन्दा बढी घर र पसलहरु जलेका छन ।बुधवार राती करिव आठ बजे आर. पी. एफ.ब्यारेक नजिक रहेको घोडासहन तरकारी बजारमा अचानक आगो लाग्दा स्थानीय माझिराम सहितका एक दर्जन घरहरु जलेका हुन ।आगो कसरी लागेको थियो भन्ने बारेमा खुल्न सकेको छैन । स्थानीयबासी र प्रहरीको सक्रियतामा बारुणयन्त्रको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो ।


















