वीरगंज । चेक अनादर (बिगो भरिभराउ) मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय सुनाइएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१२ मुर्ली निवासी ४६ वर्षीया सबरुन नेशा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार नेशालाई वीरगंज महानगरपालिका–१२ स्थित मुर्ली चोकबाट पक्राउ गरेको हो ।
नेशाविरुद्ध चेक अनादर (बिगो भरिभराउ) मुद्दामा पर्सा जिल्ला अदालतले दुई वर्ष कैद सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार रहँदै आएकी थिइन् ।
प्रहरीले पक्राउ परेकी नेशालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ ।

















