सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको पनि एक महिना लगभग हुदैछ । त्यसो त आज नेपालका सबै स्थानीय तहहरुको बजेट ल्याउदैछन् । उनीहरुले आगामी आर्थिक बर्षका लागि आफ्नो पालिकाका लागि लक्षित गरी बजेट ल्याउदैछन् । बजेट आम नागरिकहरुको सवालमा कत्तिको महत्वपूर्ण होला त्यो त पछिको कुरा भयो तर संघीय सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा नआउदै महँगीको मारमा आम नेपाली नागरिकहरु नराम्रोसंग परेका छन् ।
असार लागेपछि नै महँगीको मारमा नागरिकहरु परेका छन् । एकदमै चर्को रुपमा महँगी बढेको छ । झट्ट हेर्दा इन्धनमा महँगी बढेको देखिए पनि पानी समेत सस्तो हुन छाडेको अवस्था छ । खोलामा पाइने पानी समेत शुद्ध नभएका कारण महँगो भएको छ । सामान्य नागरिकहरुले कसरी दैनिकी चलाउने भन्ने चिन्ता छ ।
जुन तवरका सरकार भए पनि नागरिकहरुका लागि समस्या नै छ । भन्नलाई त घरघरमा सिंहदरबार भनिएको छ तर सिंह दरबार घरमा भएको अनुभूति नागरिकहरुले गर्न पाएका छैनन् । यस पटकको स्थानीय पालिकाहरुले ल्याउने बजेट कम्तीमा महँगी नियन्त्रणतर्फ उन्मुख होस् तर यो पनि शंभव देखिदैन । किनभने महँगीको जालो यसरी फैलिएको छ कि अहिले कसैले पनि चाहेर महँगी नियन्त्रणमा आउनै सक्दैन ।