काठमाडौं महानगरपापिकाका मेयर बालेन्द्र साह र संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेकाबीचमा तनाव बढेको देखिन्छ । यो तनाब अहिले आएर सृजना भएको भने होइन । विगतदेखि नै काठमाडौंका मेयरले एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दैआएका छन । बेला बेलामा राम्रै सवालजवाफ पनि भएको देखिन्छ, केपी ओली र बालेनकाबीचमा । तर, केपी ओली अहिले प्रधानमन्त्री भएपछि पनि बालेनले एमालेकै भाषामा भन्दा एमालेलाई दुःख दिन छाडेका छैनन् ।
पछिल्लो पटक शुक्रवार एमालेले काठमाडौंमा आयोजना गरेको सभाको विषयमा दुई पक्षबीच टकराव शुरु भएको देखिन्छ । एमालेले जथाभावी फोहोर गरिदिएको भन्दै बालेनले एक लाखको जरिवाना गरिदिएपछि भने र र्दुइबीचको तनाब अझै चुलिएको छ । बालेनले ठीक वा गलत जे गरेपनि यो देशमा सत्ता वा सरकारलाई सही ठाउँमा ल्याउनका लागि आलोचकहरु आवश्यक छ नै र बालेनले पनि आलोचकको भूमिका बढी निर्वाह गरेको जस्तो पनि देखिन्छ । दलहरुले जे गरेपनि ठीक हुन्छ भन्ने भाष्यलाई बालेनहरुले पछिल्ले समय सच्याउने काम पनि गरेका छन् ।
त्यसैले फोहोर नगरिकन बालेनले जरिवाना पक्कै नतिराएका नहोलान । काठमाडौंमा हजारौं कार्यकर्ताहरु उतार्दा फोहोर नहुने भन्ने पनि हुदैन । हो, फोहोर कति थियो, कार्यकर्ताहरुले त्यसलाई कसरी व्यवस्थापन गरे त्यो फरक कुरा होला । बालेनले पनि अलि कम वा सचेत मात्रै गराइदिएको भए पनि हुन्थ्यो भन्ने एमालेजनलाई लागेको पनि होला । एमाले र बालेनबीचको जुहारीले नागरिकलाई फाइदा नै छ ।

Leave a Reply