नेपाल कृषि प्रधान देश तर देशको अवस्था भने सँधै किसानको विपक्षमा देखिन्छ  । नीति निर्माण गर्ने तहमा रहेकाहरुले त कृषकलाई हेपेको नै देखिन्छ र प्रकृतिले पनि कृषकलाई बेला बेलामा पीडा दिने गरेको छ । सोमबार आएको हावाहुरीले निजगढलगायत बारा र रौतहट जिल्लाका विभिन्न पालिकाका किसानले लगाएको मकै र केरा बालीमा ठूलो क्षति गरेपछि अहिले यो क्षेत्रका कृषकहरु मारमा छन्  । तीव्र गतिमा आएको हावाहुरीका कारण मकै र केरावालीमा व्यापक क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन् ।
बाराको निजगढको सिंगौल क्षेत्रमा मात्रै करोडौं रुपैयाँ बराबरको केराबाली नष्ट भएको छ भने रौतहटको उत्तरी भेगमा लगाइएका मकै बालीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाका किसानले लगाएको मकै बालीमा क्षति भएको छ । त्यो संगै तराई मधेशका लगभग सबैजसो स्थानमा हावाहुरीले असर गरेको नै देखिन्छ । हुनत यो समस्या नत पहिलो हो नत अन्तिम नै हो । हरेक बर्ष यस्तो समस्या आउछ, कृषकहरु पुर्पुरोमा हात राखेर रुने भन्दा यो समस्याबाट अन्य विकल्प खोजेको जस्तो देखिदैन ।
त्यसो त कृषकहरुले चाहेर पनि यो समस्या समाधान हुने पनि होइन । प्रकृतिको कुरा कसले पो रोकेर रोक्न सक्छ र तैपनि सरकारी स्तरबाट भने केही नीति बनाउन सकिन्छ । मुख्यतः कृषकहरुको यस्तो समस्याको बिषयमा कसरी हुन्छ अब नीति बनाऊ । राहत भन्दा पनि उपाय के हुन्छ त्यो लगाउन आवश्यक छ । यसमा संघीय सरकार सहित प्रदेश र स्थानीय सरकारले सोच बनाउन आवश्यक छ । नत्र हरेक बर्ष हावाहुरी आउछ अनि सधै कृषकहरुलाई यसैको पिरलो हुने गर्दछ ।

Leave a Reply