हेटौडा,मकवानपुर जिल्लाको सर्वाधिक राशिको पुरस्कारसहित हेटौडामा टि– १० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्लामै सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेको हो । सङ्गठनले आइतवार हेटौँडामा पत्रकार सम्मेलन गर्दै यही मङ्सिर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा– ४, हुप्रचौरमा सञ्चालन हुने क्रिकेट प्रतियोगिता बारे जानकारी दिएको हो ।

प्रतियोगितामा बागमती प्रदेशका सात र मधेस प्रदेशका नौ टिमले सहभागिता जनाउने इत्तेहाद जिल्ला कमिटी मकवानपुरका बरिष्ठ उपाध्यक्ष अब्दुल्ला अन्सारीले जानकारी दिनुभयो । नकाउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले एक लाख नगद र उपविजेताले नगद ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा बेष्ट ब्याट्स म्यान, बेष्ट बलर, हरेक खेलका प्लेयर अर्फ द म्याच र प्रतियोगिताका उत्कृष्टलाई ट्रफी प्रदान गरिने प्रतियोगिताका सह संयोजक प्रमोद मानन्धरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्नका लागि करिवब छ लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेशका अध्यक्ष समिम खानले मधेस र बागमति प्रदेशबीचको सम्बन्ध स्थापित गरेर खेलकुदको विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

Leave a Reply