१०३ वर्ष ५ महिनाको उमेरमा आइतबार अन्तिम सास फेरेका संस्कृतिकर्मी सत्यमोहन जोशीको परम्परागत तवरले अन्तिम संस्कार भएन । विशेष तवरको बिदाइ चाहिँ भयो । उनको राष्ट्रिय सम्मान अर्पण राज्यले नै ग¥यो । जति वर्ष बाँचे। सक्रिय जीवनमात्रै बाँचेनन्, सक्दो समाज र राष्ट्रका लागि खटिए । राज्यले राष्ट्रिय सम्मान अर्पण गरेर नागरिक हैसियतमै राष्ट्रप्रति उनले पु¥याएको योगदानको कदर ग¥यो ।

ठूलो ओहोदामा पुगेको भन्दा पनि उनका कीर्ति र राष्ट्रका निम्ति गरेको योगदानको कदर हो, त्यो सम्मान । बाँचुन्जेल त समाज र देशका लागि आफ्नो ऊर्जा खर्चेकै थिए । बितेपछि पनि उनको भौतिक शरीरसमेत समाजकै लागि अर्पण गरेर छुट्टै शत्मार्ग जोशीले देखाएर गए । त्यसैले परम्परागत तवरबाट उनको दाहसंस्कार भएन । शरीर अस्पताललाई जिम्मा लगाइयो । उनी आफैंले पार्थिव शरीर दान गर्ने इच्छा जो देखाएका थिए र परिवारका सदस्यको पनि त्यसमा सहमति थियो ।

समाज र संस्कृति अध्ययनमा जीवन अर्पण गरेका जोशीको पार्थिव शरीर आफैंमा चिकित्सा विज्ञानका विद्यार्थीका लागि अध्ययन सामग्री बनेको छ । धर्म र परम्परामा विश्वास हुनेहरू आफ्नो अन्तिम संस्कार पारम्परिक हिसाबले होस् भन्ने चाहन्छन् । तर हाम्रो समाजमा मृत शरीर अर्काको काम आओस्, जलेर खरानी नहोस् भन्ने विश्वास गर्न धेरै गाह्रो छ । त्यो साहस सत्यमोहनले गरे । अरूहरूलाई पनि बाटो देखाए । यस्ता पुरुषप्रति उच्च सम्मान ।

 

Leave a Reply