मन्हर्वा – विषालु सर्पको टोकाईबाट मंगलबार एक बालिकाको ज्यान गएको छ । जितपुरसिमरा उपमहानगरपालिका १६ डकाहा निवासी राजकुमार राना मगरकी १२ बर्षिया छोरी रंजीता राना मगरको सर्पको टोकाईबाट ज्यान गएको हो । स्थानिय विद्यालयको कक्षा ४ मा पढ्दै गरेकी बालिका लकडाउनका कारण विद्यालय बन्द भएको मौका छोपी साथीहरुसँग बारीमा मकै सिला खोज्न गएकी रहिछन् ।

 

 

सोही क्रममा सर्पले बालिकाको दाहिने खुट्टाको कान्छी औंलामा टोकेछ । सिला खोजेको मकैसहित घर आएकी बालिकालाई अकास्मात बेहोस भएपछी सर्पले टोकेको आशंकामा स्थानियले अस्पताल लगेका थिए । नारायणी उपक्षेत्रीय अस्पताल विरगजंले बालिकालाई विषालु सर्पले टोकेको भनी मृत घोषण गरेको वडा अध्यक्ष केदार बजगाँईले जानकारी दिए । उनको शव घरमा ल्याई प्रहरी मुचुल्का गराई अन्तीम संस्कार गर्न भनिएको उनले बताए ।

 

 

विहान १० तिर खाना खाई छोरीलाई घरमै छाडी बाबुआमा काममा गएका थियांै । सोही मौका छोपी साथीहरुसँग मकै सिला खोज्न गईछ । कतिखेर सर्पले टोक्यो । कतिखेर थाहा भयो । अस्पताल पु¥याउँदा ढिला भईसकेछ, मृतक बालिका पिता राज कुमारले बताए ।

Leave a Reply