मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सिमरा, बाराले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि एमएस जाली तारबार निर्माण कार्य सुरु गरेको छ ।
समूहको निर्णयअनुसार वन र बस्तीको सिमानामा तारबार लगाउने कामको औपचारिक रूपमा सोमवारबाट आरम्भ गरिएको हो ।

समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठका अनुसार हाल वन क्षेत्रमा रहेका जंगली जनावरहरू बस्ती तथा खेतीबारीतर्फ प्रवेश गर्ने र धनजनको क्षति गर्ने क्रम बढेकाले स्थानीयको सुरक्षा, किसानहरू अन्नबाली, तरकारी तथा अन्य कृषिजन्य उत्पादनमा हुदैआएको क्षति कम गर्न र वन अतिक्रमण तथा अनियन्त्रित आवतजावत रोक्न पनि तारबार प्रभावकारी उपाय हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।

तारवार निर्माणपछि मानव–वन्यजन्तु द्वन्द्वमा कमी आउने, कृषिजन्य उत्पादन सुरक्षित हुने र वन संरक्षणमा थप योगदान पुग्ने समूहको विश्वास छ ।राधाकृष्ण मध्यवर्ति वन उपभोक्ता समूहले चरणबद्ध रूपमा सबै जोखिमयुक्त क्षेत्रहरूमा तारवार विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको जनाएको छ ।

Leave a Reply