दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिकामा स्थानीय तहका लागि परिमार्जित बालमैत्री राष्ट्रिय प्रारुपको प्रबद्र्धीकरण सम्बन्धी तीन दिने तालिम आइतवार सम्पन्न भएको छ ।खोपवास्थित पालिकाको सभा हलमा गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना र गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायको प्रमुख अतिथ्यतमा भएको सो तालिम समापन कार्यक्रमा पालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सहायक महिला निरीक्षक नानीबाबु चौधरी, शिक्षा शाखा प्रमुख जलमती चौधरीको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा पालिकाको पञ्जीकरण शाखाका श्रीनिवास चौधरीलगायत गाउँपालिकामा रहेका सामुदायिक विद्यालय प्रधानाध्यापक, विद्यालय व्यस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply