बाराको निजगढका नगर प्रमुख सुरत पुरीले एक कार्यक्रममा युवा स्वररोजगार आफ्ना लागि महत्ववपूर्ण हुने बताएका छन् । त्यसो त उनी यस्तो कुरा गर्ने जनप्रतिनिधि वा राज्यका प्रतिनिधि भने पहिलो ब्यक्ति होइनन् । प्रधानमन्त्रीको पदमा रहेका देखि गाउँपालिकाको अझै वडा अध्यक्षमा निर्वाचित व्यक्तिहरुले समेत यही कुरा बारम्वार बताइ रहेका हुन्छन् । तर, नेपालमा स्वरोजगारको अवस्था भने कस्तो छ यसैप नि पुष्टि हुन्छ ।

त्रिभुवन बिमानस्थलमा गएर विदेश पलायन हुने युवाहरुको लाइन हेरियो भने स्पष्ट हुन्छ कि नेपालमा कति स्वरोगार छन भनेर । नेपालबाट बैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्यामा कमी आएको छैन अनि सरकार प्रमुखहरुले स्वरोजगारको कुरा गरेर कसरी युवाहरु स्वरोजगार बन्न सक्लान र ? केवल भाषण गरेर मात्रै आम नागरिकहरुको सपना पूरा हुने होइन ।

यसका लगि त स्थानीय सरकारहरुले पनि कार्यक्रम ल्याउन आवश्यक छ । गाउँको जनशक्ति अवसरको खोजीमा शहरमा र शहरको जनशक्ति विदेश पलायन हुनेक्रम नेपालमा डर लाल्दो तरिकाले बढ्दैछ । यो अनुपात बढ्दै जाने हो भने नेपालमा भावी समयमा युवा पुस्ता नेपालमा बस्ने संभावना कम छ । युवाहरुलाई स्वरोगजार बनाउनका लागि स्थानीय सरकारहरुले अब स्पष्ट नीति ल्याउन ढिला गर्न हुन्न ।

Leave a Reply