निजगढ,निजगढ ४ स्थित मानव कल्याण समाज (सेवा घर) को आफ्नै भवन निर्माण हुनेभएको छ ।सेवा घरले निजगढ नगरपालिकका कार्यालय र मधेस प्रदेश सरकारको सहयोगमा निजगढ वडा नम्बर ४ पुरानोटोलस्थित बाबारामेश्वर धाममा २० कोठाको २ तले पक्की भवन निर्माण गर्नलागेको हो ।बाबारामेश्वर धाम परिसरमा भएको स्थानीयहरुको भेलाले भवन निर्माण गर्नेबारेमा छलफल गरेर निर्णय समेत गरेको सेवा घरकी संचालिका सुमी मानवले बताउनुभयो । भेलामा भवनको नक्सा र लागत रकमको बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।संचालिका सुमी मानवका अनुसार निजगढ नगरपालिकाले भवन निर्माण गर्न चालु आर्थिक वर्षको बजेटमा १० लाख रुपैया बिनियोजना गरेको छ । सेवा घरले सडक मानवको उद्धार गरेर सेवा घरमा आश्रय दिदैआएको छ ।

 

Leave a Reply