उमेश घलान

रतनपुर,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा नगरपालिका र वडा कार्यालयले गरेको बेवास्ताका कारण फुटबल खेलको अभ्यास गर्ने खेलाडीहरुले समस्या बेहोर्दै आएका छन ।सुख्खा मौसम सुरु भएसंगै धुलाम्मे रंगशालामा खेलाडीले अभ्यास गर्नुपर्ने बाध्यता सृजना भएको हो । खेल मैदानमा पानी पटाएर धुलो नियन्त्रण गर्न नगरपालिका र वडा कार्यालयले चासो नदेखाउदा बिहान बेलुका फुटबलको अभ्यास गर्ने खेलाडीहरुले समस्या बेहोर्नु परेको निजगढ नगरपालिका वडा नम्बर ८ का पुर्ववडा सदस्य विदुर खडकाले बताउनुभयो । उहाँले धुलाम्बे मैदानमा अभ्यास गर्नुपर्दा .खेलाडीहरुको स्वास्थ्यमा समेत नकरात्मक असर पर्न सक्ने बताउनुभयो ।नगरपालिका र वडा कार्यालयले मैदानमा ट्याङ्करको पानी मात्रै छर्किदिए पनि समास्यको सामाधान हुने र खेलाडीहरुले राम्रो वातावरणमा अध्यास गर्न पाउने उहाँले बताउनुभयो । रंगशालाको वरिपरी रहेका क्रसर र बालुवा वासिङ्ग प्लान्टबाट निस्कने धुलो र चर्को ध्वनीका कारणले पनि खेल अभ्यासमा थप समस्या बेहोर्नु परेको खेलाडीहरुको गुनासो छ ।बकैया खोलको किनारमा रहेको सो रंगशालाको पूर्व, उत्तर र दक्षिणतर्फ वषौंदेखि क्रसर र बालुवा वासिङ्ग प्लान्ट संचालनमा रहेका छन । धुलाम्मे मैदनमा अभ्यास गर्नुपर्दा पर्दा निक्कै समस्या हुने गरेको फुटबल खेलाडीहरुकोे गुनासो छ ।निजगढको एक मात्र सुविधा सम्पन्न खेल मैदानको रुपमा रहेको हिरालाल रंगशालामा स्थानीय दर्जनौं महिला तथा पुरुष खेलाडीहरुले दैनिक अभ्यास गर्ने गरेका छन । सोही मैदानमा अभ्यास गरेर निजगढका खेलाडीहरुले राष्ट्रिय र अन्र्तराष्टिय प्रतियोगितामा सहभागी हुने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here