संचार क्षेत्रबाट राजनीतिमा हाम्फालेका रवि लामिछानेको राजनीतिक भविष्य आजका दिनसम्म सबैले ठीकै देखेका छन् । रविप्रति नेपालीहरुले केही आश पनि गरेका छन् ।मुख्यतया ठूला भनिएका दलहरुले जनताको विश्वास जित्न नसकेको अवस्थामा उदाएका रवि अनि उहाँको पार्टीलाई आम मतदाताहरुले छोटो समयमा धेरै रुचाएका छन् । नेपालको इतिहास हेर्ने हो भने पनि जनताले काम गर्ने अवसर सबै दललाई दिएका छन् तर उनीहरुले काम नगरेकै हुन् ।

काँग्रेस, एमाले र माओवादीलाई जनताले अवसर दिए पनि उनीहरुले सदुपयोग गर्न सकेनन् अब रविको पालो आएको छ । रविले अहिले गृह मन्त्रालय सम्हालेको अवस्था पनि छ । अहिलेका गृहमन्त्रीलाई अवसर र चुनौति दुबै छ । काम गर्न सके अवसर र नसके फेरि रवि सहित उहाँको पार्टीको अधोगति पनि यहीबाट शुरु ह्ुनेछ । जनताको मत जितेर काम गर्नका लागि पाएको अवसरको भरपूर प्रयोग गर्नु पर्दछ ।
सुन काण्डदेखि विभिन्न काण्डहरुको फाइल खोलेर कारबाही गर्नुपर्ने चुनौति रविको सामुन्ने छ । माओवादी, एमाले अनि काँग्रेसका कतिपय व्यक्तिहरु भ्रष्टचारमा संलग्न रहेको भनेर खबरहरु आइरहेका छन् । उनीहरुलाई कारबाही गर्नुपर्ने पनि चुनौति छ । केवल देखाउनका लागि मात्र होइन काम गर्न त्यो पनि हिन्दी फिल्मको नायक जसरी काम गरेर देखाउन आवश्यक छ । यो अवसर रविले कसरी गर्ने हो त्यसका लागि भने समय नै कुर्न चैं पर्नेछ ।
















