पर्सा मुलुकको प्रमुख नाका हो । यो नाकामा तस्करी हुनु स्वभाविक पनि कतिपयलाई लाग्ने गर्दछ । तर,पर्सामा जथाभावी सामाग्रीहरु को ओहोरदोहोर भइरहदा समेत राज्यका निकायहरु मुकदर्शन बनेका छन् । वीरगन्ज र पर्साका बिभिन्न नाकाबाट चोरी र तस्करीहरु बढेका छन् ।प्रहरीकै संलग्नतामा चोरी तस्करी भइरहेको छ ।
कमाउनका लागि नै पर्सामा आएका सुरक्षा निकायका प्रमुखहरुले तस्करीको लाइन् खोलिदिएको प्रचार हुदै आइरहेको छ । हुनत नेपाल र भारतको नाका यस्तो छ कि चाहेर पनि कसैले यहाको तस्करी रोक्न सक्दैन । तस्करी रोक्न नै सक्दैन भने किन तस्करी गर्न नदिने भन्ने प्रश्न पनि उब्जिला नै । अहिले पर्सामा मौकामा चौका हान्ने काम भएको छ ।
खुला सीमाको फाइदा उठाएर सीमा नाकामा रहेका प्रहरीका प्रमुखहरुले कमाइ गरेका छन् । तल्ला तहका कर्मचारीहरुले भने २,४ रुपैया कमाउनु स्वभाविक पनि होला । त्यसो त अबैद्य तरिकाबाट सामान ल्याइनु पनि ठीकै होला नेपालमा आउदा यो सस्तो त हुँछ भन्नेहरु पनि छन् । तरराजश्व चुहावट भनेको चुहावट नै हो जसले जे भनेपनि ।













