कलैया,बाराको पचरौता नगरपालिकाले त्यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण शुरु गरिएको छ ।आर्थिक वर्ष २०८१-८२ को कृषि कार्यक्रम अन्तर्गत अनुदानमा आइतवारदेखि किसानलाई एनएल र विजय ब्राण्डको गहुँको बीउ वितरण सुरु गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा बीउ वितरण भएपछि नगरपालिकामा यो वर्ष गहुँ उत्पादन बढ्ने आँकलन गरिएको नगर प्रमुख जलन्धर सिंहले बताउनुभयो । कृषिमा उत्पादन बढाउने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरी योजना बनाइएको नगरप्रमुख सिंहले जानकारी दिनुभयो ।

Leave a Reply