निजगढ,लायन्स क्लब निजगढ सिटीको अध्यक्षमा डा. एलिस खडका चुनिनुभएको छ । क्लबको शनिवार सम्पन्न पाँचौं अधिवेशनले सन २०२४÷२०२५ को लागि डा. खडकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।अधिवेशनले प्रथम भिपीमा पूर्णबहादुर खडका, व्दितीय भिपीमा निर्मल भण्डारी, तृतीय भिपीमा युगलकिशोर सिंहलाई चयन गरेको छ भने क्लबको सेक्रेटरीमा अनिश पोखरेल र कोषाध्यक्ष नविन खनाल चुनिनुभएको छ ।जोन चियर पर्शन विष्णुगोपाल रिसालको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व डिस्ट्रिक एडभाइजर महेश न्यौपाने,पूर्व क्याबिनेट चियर पर्शन खडगप्रसाद उप्रेतीलगायतले लायन्स क्लबको बारेमा बोल्नुभएको थियो ।

Leave a Reply