निजगढ,बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ किलोस्थित महेन्द्र राजमार्गमा हिजो राति एउटा यात्रु बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन ।काठमाण्डौबाट इलामतर्फ जाँदै गरेको प्र १–०१– ००१ ख ४४९७ नम्बरको यात्रु बाहक बस हिजो राति करिव १२ बजे आफै अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो ।
दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका ३ बस्ने वर्ष ४७ की बिमला लिम्बु, निजको छोरा वर्ष १६ को ताङसाङ लिम्बु, सुनसरीकै रामधुन नगरपालिका १ बस्ने वर्ष ७० की शारदा ढुङगाना, जिल्ला भक्तपुर बोडे बस्ने वर्ष ४० को अनिल ढुङगाना, जिल्ला रौतहहट चन्द्रपुर नगरपालिका ७ वस्ने वर्ष २७ की गोमा बि.क., सोही ठाउँ बस्ने वर्ष ५५ कि दिलमाँया वि.क. घाइते भएका छन ।
त्यसैगरी दुर्घटनामा काठमाण्डौ बागेश्वरी नगरपालिका ६ वस्न वर्ष ३० की रेविका ढुङगाना, ईलाम जिल्ला देउमाई नगरपालिका २ बस्ने वर्ष ३३ को राजु राई, जिल्ला भक्तपर सुर्यविनायक ४ बरस्ने वर्ष ५५ की गौमाँया तामाङ, काठमाण्डौं मुलपानी ५ वस्ने वर्ष ८६ कृष्णमाँया ढुङगेल, सोही ठाँउ बस्ने वर्ष ५५ की सितादेवी ढुङगेल र सुर्यविनायक नगरपालिका ४ बस्ने वर्ष ३० को सुरेश तामाङ र वर्ष ५५ को अमृत तामाङ घाइते बनेका हुन ।
दुर्घटनाको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको १० जनाको टोली घाइतेहरुलाई उद्धार गरी उपचारको लागि सि.टी अस्पताल निजगढ पठाएको थियो ।
प्रहरीले बस चालक जिल्ला झापा बुद्धशान्ति गाउँपालिका ४ बस्ने वर्ष ५४ को रोशन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखेको छ ।घटनास्थल निजगढबाट ८ किमी पश्चिममा रहेको छ ।
















