वीरगञ्ज,पर्सा जिल्लाको पटेर्वासुगौलीमा बाघको आक्रमणबाट१० वटा बाख्रा मरेका छन । जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थर्घट्टीमा बाघले आक्रमण गर्दा स्थानीय किसानले चरिचरणको लागि जंगल लगेका १० वटा बाख्रा मरेका हुन ।घर नजिकैको जंगलमा चराउन लगेको बेला स्थानीय सत्यनारायण झाँगर र थमक महतो उराँउको बाख्राको बथानमाथि बाघले आक्रमण गरेको थियो ।जंगलमा चराउन लगेका बेला बाघले आक्रमण गर्दा १० वटा बाख्रा मारिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभएको छ । सो क्रममा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।डिभिजन वन कार्यालय तथा नेपाल प्रहरीको सहयोगमा बाघलाई अन्यत्र भगाइएको थियो । बाघले पुनः आक्रमण गर्नसक्ने हुँदा सो क्षेत्रमा सावधानी अपनाउन डिभिजन वन कार्यालयले स्थानीयलाई आग्रह गरेको छ ।

Leave a Reply