हेटौडा,हेटौँडामा ग्यास गिजर प्रयोग गरी नुहाउने क्रममा एकजनाको मृत्यु भएको छ ।हेटौँडा– ९ लामसुरेमा सोमवार ग्यास गिजर प्रयोग गरेर नुहाउने क्रममा २१ वर्षीय युनेश काफ्लेको मृत्यु भएको हो । सोमवार दिउँसो १२ बजेको समयमा घरकै बाथरुममा ग्यास गिजर प्रयोग गरी तातो पानीले नुहाउने क्रममा लामो समय बाथरुमबाट युनेश ननिस्किएपछि परिवारका सदस्यले बाथरुमको ढोका फुटाएका थिए ।हेटौँडा– ९ का वडा अध्यक्ष सुकराम केसीका अनुसार अचेत अवस्थामा बाथरुममा भेटिएका युनेशलाई हेटौँडा– १ स्थित मकवानपुर सामुदायिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् ।

Leave a Reply