बीरगंज
रोटरी क्लव अफ युनाईटेड बीरगंज द्वारा गरिब तथा दुर्गम क्षेत्रका बिधार्थीहरु लाइ शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरेको छ ।
रोटरी क्लव अफ युनाईटेड बीरगंजको आयोजनामा उज्यालो कार्यक्रम अन्तर्गत ३ बर्ष देखि राष्ट्रिय बालदिवस को उपलक्ष्यमा गरिब तथा दुर्गम क्षेत्रका बिधार्थीहरु लाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री बितरण गर्दै आइरहेको छ ।
त्यसतै २०७९ कै राष्ट्रिय बाल दिवस को उपलक्ष्यमा शुक्रबारका दिन एक कार्यक्रम का बिच गरिब तथा दुर्गम क्षेत्रका ४२ जना बिधार्थीहरु लाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री बितरण गरिएको छ ।
कार्यक्रम का मुख्य सहयोगी रोटरी क्लव अफ बीरगंज मेट्रोपोलिस तथा शैक्षिक सामग्री निशुल्क उपलब्ध गराउने संस्था नेपाल स्टेसनरी एण्ड एजुकेसनल मेटेरियल इडस्टिरिज एसोसिएसन पर्सा को ठुलो सहयोग रहेको थियो ।
शैक्षिक सामग्री तथा खेलकुद सामग्री बितरण कार्यक्रम रोटरी क्लव अफ युनाईटेड बीरगंजका अध्यक्ष अभिषेक सर्राफ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पियुस अग्रवाल सहित क्लब का पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम को संचालन सौरभ बरनवाल ले गरेका थिए ।



















