पुष्पराज खतिवडा

मनहर्वा,साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले ४ वर्षे कार्यकालका लागि फेरि पनि मिश्रीलाल सहनीको अध्यक्षतामा ७ सदस्य संचालक समिति समेत सर्वसम्मतिमा चयन गरेको छ ।

सोमबार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १२ को फत्तेपुरमा सम्पन्न साधारणसभाले संघको उपाध्यक्षमा नयनकला खड्का, सचिवमा रामएकवाल चौधरी, कोषाध्यक्षमा विन्दा सिंह राजपुतलाई चयन गरेको गरेको हो ।

यस्तै सदस्यहरुमा संजिला खातुन, जयकिसुन चौधरी र अस्तुर्नी देवी चौधरीलाई सर्वसहमत रुपमा चयन गरेको निर्वाचन कमिटीका संयोजक झपेन्द्रराज बरालले जानकारी दिनुभयो ।

संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामलखन प्रसाद यादव र सदस्यहरुमा केदारबहादुर भण्डारी तथा धुरेन्द्र कुशवाह चयन भएका छन् ।

निर्वाचित कार्यसमितिलाई बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुर एवं निर्वाचन समितिका संयोजक झपेन्द्र बरालले पद तथा गोपनियताको सपथ गराएका थिए ।

संघमा १ सय ३२ संस्था आवद्ध भएपनि २५ वटा संस्थाहरुले मात्रै सदस्यता नविकरण गराएर साधारणसभामा सहभागिता जनाएका थिए । कृषि सहकारी संघ बाराले सदस्य संस्थाहरुको सहजताका निमित्त सहजीकरण एवं प्राविधिक सहयोग गर्दै आएको छ ।

संघको बार्षिक साधारणसभाको उद्घाटन पूर्वकृषि मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य ज्वाला साहले गर्नु भएको थियो । प्रमुख अतिथि समेत रहनु भएका साहले कृषि पेसाले जीवन धान्न सक्ने अवस्था अझै नरहेका बताउनुभयो । कृषि उत्पादनमा बिचौलियाको प्रभाव रहेकाले कृषकले उचित मुल्य नपाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बचत संघका अध्यक्ष ठाकुर, कृषि संघका संस्थापक अध्यक्ष शिवप्रसाद अधिकारी, पूर्वउपाध्यक्ष कनाईलाल थारु लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here