वीरगञ्ज,वीरगञ्ज कारागारमा रहेका एक कैदीको शुक्रबार दिउँसो नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदीका अनुसार महत्तो पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरीले उनलाई शुक्रबार दिउँसो करिब १ बजे उपचारका लागि नारायणी अस्पताल लगिएका थिए ।
उपचारका क्रममा नै शुक्रबार दिउँसो करिब २ बजे महत्तोको मृत्यु भएको सुबेदीले बताउनुभयो ।प्रहरीका अनुसार महत्तो सवारी ज्यान मुद्दामा अदालतबाट तिन वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय पाई वीरगञ्ज कारागारमा सजाय काटिरहेका थिए । उनको कैद अवधि आउँदो चैतमा सकिन लागेको थियो ।



















