कलैया,घुमुवा प्रहरी बताउदै ठगी गर्ने एकजनालाई बारास्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति फेटा गाउँपालिका वडा नम्बर ३ फेटाका भुलान भन्ने सब्दीन आलम रहेको बताइएको छ।
स्थानीयका अनुसार आलमले आफुलाई प्रहरीको घुमुवा अधिकारी बताउँदै उद्योगी व्यवसायीलाई तर्साएर रकम असुल्दै आएका थिए । आलमले आफु प्रदेश प्रहरी कार्यालय मधेशका घुमुवा अधिकारी भएको बताउदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले आलमलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान पश्चात् मात्र विस्तृत जानकारी दिने बताउनुभएको छ । तर आलमलाई नक्कली प्रहरीको आरोपमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा भने उहाँले कुनै उत्तर दिनुभएको छैन। साथै, कुन अभियोगमा आलमलाई पक्राउ गरिएको हो त्यो पनि खुलाइएको छैन।हाल आलमलाई ईलाका प्रहरी कार्यालय प्रसौनीको हिरासतमा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply