कलैया,बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिर परिसरमा राखिएको दान पेटिकाबाट डेढ महिनाको अवधिमा करीब १५ लाख नगद भेटी संकलन भएको छ ।मन्दिर परिसरमा राखिएका ४ वटा दान पेटिकाबाट सो अवधिमा सो रकम गणना भएको हो । दान पेटिकाको भेटी शनिवार दोश्रो पटक गणना गरिएको छ । दोस्रो पटकको गणनामा उक्त दान पेटिकाबाट थप सात लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । दान पेटीकाबाट कार्तिक १४ देखि कार्तिक ३० गतेसम्म १७ दिनको अवधिमा सो भेटी संकलन भएको हो ।

यसअघिको गणनामा नौ लाख ६६ हजार चार सय १३ रुपैयाँ भेटी संकलन भएको थियो । दान पेटिकाको भेटी शनिवार गणना गर्दा पाँच लाख २४ हजार एक सय ६५ रुपैयाँ नगद र रसिदबाट दुई लाख १४ हजार पाँच सय ७२ रुपैयाँ गरी कुल ७ लाख ३८ हजार सात सय ३७ रुपैयाँ भेटी संकलन भएको यादवले जानकारी दिनुभयो ।यसैगरी दान पेटिकाबाट पाँच थान सुनका गहना र चार थान चाँदीको गहनासमेत संकलन भएको उहाँले बताउनुभयो ।

यसअघि असोज १७ देखि कार्तिक १३ गतेसम्म मन्दिर प्रांगणमा रखिएका चार वटा दान पेटिकाबाट कुल नौ लाख ६६ हजार चार सय १३ रुपैयाँ भेटी संकलन भएको थियो । साथै दान पेटीकाबाट सात थान सुनको गहना र २६ थान चाँदीका गहना पनि भेटीका रुपमा संकलन भएको थियो ।मन्दिरमा दर्शनको लागि आउने श्रद्धालुहरुले मनोकांक्षा पूरा हुने आशमा र भएको खुसियालीमा र दान पेटिकामा स्वक्षिक रुपमा नगद र सुन, चाँदी जस्ता धातु दान गर्ने गरेका छन ।दानपेटिकाबाट संकलित भेटी गढीमाई विकास समितिको कोषमा जम्मा गरिने अध्यक्ष यादवको भनाई छ ।विश्व प्रसिद्ध गढिमाई मेला मंसिर १ गतेदेखि शुरु भएको छ भने मुल मेला मंसिर १७ गतेदेखि मंसिर ३० गतेसम्म संचालन हुने मेला व्यवस्थापन मुल समितिले जनाएको छ । यस पटक गढिमाई मेला हेर्न नेपाल र भारतका विभिन्न स्थालनबाट करिब ३ करोड दर्शनार्थी आउने मेला समितिले अनुमान गरेको छ ।

Leave a Reply