कोल्हबी,बारा जिल्लाको कोल्हबी नगरपालिकामा वैदेशिक रोजगार बोर्डले आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धि २ दिने कार्यशाला गोष्ठी मंगलवारबाट शुरु भएको छ ।वैदेशिक रोजगार बोर्डको सचिवालयले आयोजना गरेको कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाका ४८ स्थानीय तहका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।
बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीकोसभापतित्वमा भएको सो कार्यक्रममाबारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले व्यानर बाचन गरेर उद्धाटन गर्नुभएको थियो ।

कार्यक्रममा कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णुप्रसाद मैनाली, वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख किशन बस्नेत, सशस्त्र प्रहरी बेश क्याम्प कोल्हबीका प्रमुख सुरेश घलान, रिटर्नी फेडरेशन नेपालका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मैनालीले पछिल्लो समय बैदेशिक रोजगार बोर्डले मधेस प्रदेशमा आफ्नो क्रियाकलाप संचालन गरिरहेको बताउदै वैदेशिक रोजगारीको क्रममा भोग्नुपर्ने समस्या समाधान गर्न गोष्ठीबाट सहयोग पुग्ने बताउनुभयो ।बोर्डको सचिवालय निर्देशक टिकाराम ढलालले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको संचालन भने कल्पना रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply