निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरका महिलाहरुले गठन गरेको प्रगतिशील महिला संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ ।शनिवार रतपुरीमा भएको साधारण सभाले भेषकुमारी श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मिनाकुमारी बस्नेत, सचिवमा सुमित्राकुमारी खत्री, कोषाध्यक्षमा रसिला लामा र सहसचिवमा सकुन्तोला ठाकुर रहेका छन । त्यसैगरी सदस्यहरुमा साबित्री थापा, पद्मकुमारी श्रेष्ठ, गंगाकुमारी बस्नेत, सुनिताकुमारी कटुवाल, फूलमाया तामाङ्ग, सर्मिला मोक्तान, सुष्मी तामाङ्ग र माया डिम्डुङ्ग रहेका छन ।
साधारण सभाले पूर्णबहादुर श्रेष्ठ, केशबहादुर बस्नेत र तीर्थबहादुर श्रेष्ठलाई संस्थाको सल्लाहकारमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले उद्धाटन गर्नुभएको सो साधारण सभामा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेबी लामिछाने, निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहैया गुरा, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, नेकपा एमाले निजगढका सचिव तिलक घलान, माओवादी केन्द्रका धनबहादुर खुलाल, राप्रपा निजगढका अध्यक्ष खड्गप्रसाद उप्रेती, निजगढ महिला संस्थाकी सुमित्रा लामिछानेलगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply