आर.के. चौधरी

सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा होली मिलान समारोह कार्यक्रम सम्पन्न भएको छ ।सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवको प्रमुख आतिथ्यतामा शनिबार संस्कृतिक कार्यक्रमकाबीच होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, पूर्वउपाध्यक्ष फुलमती देव चौधरी, गाउँपालिकाका कानुन सल्लाहकार अधिवक्ता श्यामसुन्दर दास थारु, अतिथिहरुमा वडा १ को वडाध्यक्ष बासुदेव महतोथारु, वडा २ अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा ३ का अध्यक्ष मोजामिल अन्सारी, वडा ४ महम्द आरिफ, वडा ५ अषेश्वार यादव, वडा ६ का वडा अध्यक्ष मुन्ना कमकरको उपस्थिती थियो ।यस्तै प्रशासन प्रमुख अरबिन्द ठाकुर, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार ,समाजिक विकास प्रमुख बिनोद यादव, ईलाका प्रहरी कार्यलय एक्टाङ्गाको प्रहरी नायब निरीक्षक रबिन्द्र खडका, प्रहरी चौकी रङ्गपुर टाडी प्रहरी सहायक निरीक्षक पवन कुशुवाहा, महुवन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नवलकिशोर यादव, ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक, वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।सखुवाप्रसौनी गाउँपालिका वडा ५ स्वास्थ्य चौकी प्रमुख सरोज गिरीले होलीको गीत गाएर स्वागत गर्नुभएको थियो । अतिथीहरुलाई कार्यालय कर्मचारीहरुले अबिर लगाएर र गम्छा ओडाएर सम्मान गरिएको थियो ।कार्यक्रममा माँ शारदे म्युजिकल ग्रुप वीरगन्जका गायक छोटे राजा ग्रुपले संस्कृतिक प्रोग्राम गरि मनोरञ्जन दिएका थिए ।

Leave a Reply