निजगढ,निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमवार पद तथा गोपनियताको सपथ लिएका छन ।

उद्योग बाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक हिमेश घिमिरेले कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो । सोही कार्यक्रममा उनीहरुलाई ओहोदाको प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

त्यसैगरी नवनिर्वाचित अध्यक्षलाई बाणिज्य संघको पदभार हस्तान्तरण पनि गरिएको छ । संघका निवर्तमान अध्यक्ष रामकृष्ण नेपालले नवनिर्वाचत अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई पदभार हस्तान्तरण गर्नुभएको हो ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष एंव नेपाली कांग्रेशका नेता शम्भुबहादुर बुढाथोकी, व्यवसायी रवि बर्तौला, कार्यसमितिका निवर्तमान सदस्य रामकृष्ण घिमिरेलगायतले बोल्नुभएको थियो ।

पूर्वअध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उमेश सुनारले गर्नुभएको थियो ।

आइतवार सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here