हेटौंडा , हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोल स्थित ओमशान्ति पथमा रहेको उत्कृष्ट टोल बिकास संस्थाको दोश्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सुरिष्मा राजथलाको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य एवम् वडा नम्बर एककी वडा सदस्य इश्वरी रसाइली, वडा नम्बर एकका सदस्य रामकृष्ण अधिकारी, टोलबिकास संस्था जिला समन्वय समितिका सचिव राजेन्द्र चौलागाई,प्रज्ञा महाबिर सचिव रमेशचन्द्र बज्रचार्य, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संस्थाकी सचिव प्रबिणा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । यसैबीच सोही साधारण सभाले पुनः सुरिष्मा राजथलाकै अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा कल्पना न्यौपाने,सचिवमा प्रविणा श्रेष्ठ,सहसचिवमा रिणा जोशी तथा कोषाध्यक्षमा कंचन श्रेष्ठ सहित सदस्यहरुमा भगवती कार्की,इश्वरी बराल लगायत चयन हुनु भएको छ ।