काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० पदबाट हटाइएका निवर्तमान आईजीपी दानबहादुर कार्की आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका छन्।
कार्कीको तर्फबाट उनका वकिलहरूले केहीबेरअघि सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि रिट दर्ता हुने वा नहुने विषयमा टुंगो लाग्नेछ।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले उक्त पदमा एआईजी मनोज केसीलाई नियुक्त गरेको थियो।
कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी जिम्मेवारी दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको थियो।
आफूलाई पदबाट हटाउने सरकारको निर्णय अन्यायपूर्ण भएको दाबी गर्दै कार्की न्यायका लागि सर्वोच्च अदालत पुगेका हुन्।
उनले पेस गरेको रिट निवेदन दर्ता हुने वा नहुने विषयमा अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र स्पष्ट हुनेछ।
















