कलैया,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कृषिको आधुनिकीकरण र औद्योगिकीकरण नभएसम्म मधेसमा विकास असम्भव हुने बताउनुभएको छ ।बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ इटहर बेलाहीमा मधेस प्रदेश सरकारबाट निर्मित तियर पुलको बिहीवार उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले मधेसी र मधेसमाथि अझै विभेद रहेकोले त्यसको लागि संघर्ष गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेसमा आउँदो चैतभित्रमा मधेसमा ३ सय २० किमी पक्की सडक निर्माण हुने बताउनुभयो । उहाँले देशमा संघीयता लागू भएपछि नै मधेसमा विकास भइरहेको दाबी गर्नुभयो ।जनकपुर चुरोट कारखाना र वीरगञ्ज चिनी कारखानालगायत सबै ठुला उद्योग संघीयता आउनुभन्दा अघि नै तत्कालीन सरकारले ठप्प बनाइदिएको उहाँले बताउनुभयो ।

Leave a Reply