सिमरा,तिहार पर्वको बेलामा देशको औद्योगिक प्रतिष्ठानहरु अन्धकार बनाएको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।संघका अध्यक्ष मोहन शर्मा लामिछानेले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उज्यालो पर्व दिपावलीमा उद्योगको लाइन काटने विद्युत प्राधिकारणको कदम सच्याउन आग्रह गर्नुभएको हो ।

डेडिकेटेड र ट्रंक लाइनको विवाद नयाँ नरहेको र वार्ता तथा सहमतिको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटक–पटक बेवास्ता गर्दै आएको संघका अध्यक्ष लामिछानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।‘सरकार र नेपाल विद्युत प्राधिकरणले चालेको पछिल्लो कदमका कारण यस जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका चार ठुला उद्योगहरु जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामा आइरन तथा अशोक स्टिल इन्डष्ट्रिज मारमा परेका छन् । उद्योगले देशको रोजगारी तथा कुल ग्राहस्र्थ उत्पादनमा पु¥याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढंगबाट विद्युत प्राधिकरणले चालेको कदम निन्दनीय छ ।’ संघका अध्यक्ष लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

देशमा गरी खान पाउने वातावरण निर्माणका लागि हौसला बढाउनुको सट्टा केही न केही बखेडा झिकेर पटक–पटक उद्योगी÷व्यवसायीमाथि भइरहेको आक्रमणले उद्योगीलाई त्रसित पारिरहेकोभन्दै उद्योग व्यवसायमा गरिएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सरकार र सरकारका विभिन्न निकायले पटक–पटक उद्योगी व्यवसायीमाथि गरिएको आक्रमणले लगानी पलायनको खतरा समेत बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ ।‘जीतपुरसिमरा उपमहानगरका चारसहित विद्युत लाईन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत जडान गरी औद्योगिक वातावारण तयार पार्ने कार्यमा अग्रसर हुन विद्युत प्राधिकरण सहितसम्बन्धित पक्षसंग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply