बरियारपुर,प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना अन्तर्गत बाराको देवताल गाउँपालिकाका कृषकलाई अनुदानमा गहुँको बीउ लगायतको कृषि सामग्री वितरण गरिएको छ । श्री सक्रिय कृषक समूह पिप्राढ़ीले ५० प्रतिशत अनुदानमा गहुँ पाकेट कार्यक्रमअन्तर्गत गहुँको बिउ, जिङ्क, जाइम, रोटर, डिलेवरी पाइप, पम्पिंग सेट, वितरण गरेको हो । देवताल गाउँपालिका अध्यक्ष चन्दनकुमार सिंहले स्थानीय कृषकलाई बिउसहित सो सामग्री वितरण गर्नु भएको हो । सो अवसरमा देवताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मिश्रीलालप्रसाद सहनी तथा कृषक समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here